बर्दिवासमा कर्पोरेट डेभलपमेन्ट बैंकको शाखा विस्तार, नगरप्रमुख क्षेत्रीबाट उद्घाटन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा कर्पोरेट डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार गरिएको छ। बर्दिवास–१ स्थित मुख्य बजारमा सञ्चालनमा आएको शाखाको उद्घाटन शनिबार एक समारोहबीच नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका छन्।

शाखा उद्घाटन गर्दै नगरप्रमुख क्षेत्रीले बर्दिवासको आर्थिक गतिविधि तीव्र हुँदै गएकाले व्यावसायिक क्षेत्रको विस्तार र लगानीमैत्री वातावरण निर्माणमा बैंकिङ पहुँचको भूमिका महत्वपूर्ण हुने बताएका थिए। “बैंकिङ सेवा विस्तारले नगरवासीको वित्तीय पहुँच सजिलो बनाउनुका साथै साना उद्यम र व्यवसायीहरूलाई आर्थिक प्रगतिको आधार तयार पार्छ,“ उनले भने।

उनले थपे, “बर्दिवासजस्तो आर्थिक रूपमा गतिशील नगरमा यस्तो संस्थागत लगानी आउनु सकारात्मक संकेत हो। निजी क्षेत्रको साझेदारीले नगरको समग्र विकासमा टेवा पु¥याउनेछ।“

कर्पोरेट डेभलपमेन्ट बैंकका उच्च अधिकारीहरू, उद्योगी–व्यवसायी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको उद्घाटन कार्यक्रममा बैंकका तर्फबाट सेवा सुविधा, कर्जा नीति र भविष्य योजनाबारे समेत जानकारी दिइएको थियो।

बैंकले नयाँ शाखामार्फत व्यक्तिगत तथा व्यवसायिक कर्जा, बचत खाता, एटिएम सेवा, डिजिटल बैंकिङ लगायतका सेवा प्रदान गर्ने जनाएको छ। बर्दिवास शाखा सञ्चालनमा आएपछि यस क्षेत्रमा बैंकिङ प्रतिस्पर्धा थप चर्किने र सेवाग्राहीलाई वैकल्पिक सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...