मलंगवा अस्पताल तनावमा: चिकित्सकमाथि कुटपिट, सेवा ठप्प

[sharethis-inline-buttons]

आज्ञा खबर

मलंगवा
सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पछिल्ला दुई दिनदेखि आन्तरिक तनावमा फसेको छ। अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले कुटपिट गरेपछि स्वास्थ्यकर्मीहरू आक्रोशित बनेका छन् र उनीहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्।

सोमबार राति, अस्पतालका अर्थोपेडिक विशेषज्ञ डा. कृष्णजंग साहमाथि एक बिरामीका आफन्तले हातपात गरेका थिए। हड्डी भाँचिएर आएका बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने विषयमा विवाद उत्पन्न भई हातपातको घटना घटेको बताइएको छ।

यस घटनापछि मंगलबारदेखि अस्पतालको ओपिडी सेवा पूर्णरूपमा बन्द गरिएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जिव सिंहका अनुसार दोषीमाथि तत्काल कानुनी कारवाही नभएसम्म स्वास्थ्यकर्मीहरू सेवा बहिष्कारमा उत्रने चेतावनी दिएका छन्।

नेपाल चिकित्सक संघले पनि घटनाको विरोधमा प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न माग गरेको छ। संघले स्वास्थ्यकर्मीको सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने चेतावनीसमेत दिएको छ।

अस्पतालको ओपिडी सेवा बन्द हुँदा दैनिक उपचारका लागि आउने सयौँ बिरामी समस्यामा परेका छन्। आकस्मिक सेवा मात्र संचालनमा रहेकाले अन्य सबै सेवा अवरुद्ध भएका छन्।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा हिंसा र धम्कीको घटना दोहोरिरहँदा सरकारी पक्षको चुप्पीसमेत आलोचित बन्दै गएको छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...