सप्तरीको अग्निसाइर कृष्णासवरण घटनामा एक जनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा शनिबार भएको घटनामा एक वृद्धाको मृत्यु भएको छ।

गाउँपालिका–४ स्थित टेङग्री बस्तीकी ७० वर्षीया उर्मिलादेवी यादवको खेतमा करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटरबाट अचानक करेन्ट लाग्दा यादव गम्भीर घाइते भइन्। उनलाई उपचारका लागि राजविराजस्थित अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...