सखुवा प्रसौनी–५ का दुई सय छात्रालाई स्कूल ब्याग वितरण

[sharethis-inline-buttons]

सआज्ञा खबर
बीरगंज
सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दुई सय जना छात्रालाई शुक्रबार स्कुल ब्याग वितरण गरिएको छ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष यसवन्त यादवले छात्राहरूलाई ब्याग हस्तान्तरण गरेका थिए। उनले शिक्षा क्षेत्रमा सकारात्मक वातावरण निर्माण गर्न विद्यार्थीहरूलाई प्रोत्साहन गर्न पालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको बताए।

“विद्यार्थीको अध्ययनमा लगाव र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न स्कुल ब्याग वितरण जस्ता कार्यक्रमहरू सार्थक हुन्छन्,” अध्यक्ष यादवले भने, “यस्तो सहयोगले विद्यार्थीको आत्मबल पनि बढाउँछ।”

सखुवा प्रसौनी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै स्कुल ब्याग वितरण कार्यक्रम सुरु गरेको हो।

हालसम्म पाँच वटै माध्यमिक विद्यालयमध्ये एक विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको अध्यक्ष यादवले जानकारी दिए। बाँकी रहेका सिरही सथवल, पञ्चगावा, देउरवाना र कटैया माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्राहरूलाई समेत चाँडै स्कुल ब्याग वितरण गरिने योजना रहेको उनले बताए।

पालिकाले छात्रा शिक्षामा पहुँच र प्रेरणा बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...