आज्ञा खबर
सर्लाही
सर्लाहीको कविलासी नगरपालिका–५, घरदौली टोलमा पोखरीमा डुबेर एक दुई वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय देवनारायण पासवानका छोरा सुरज पासवान घरको आगनमा खेल्ने क्रममा अचानक बेपत्ता भएका थिए। खोजतलासका क्रममा छिमेकी बिन्देश्वर रायको पोखरीमा उनी अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रोमनराज अर्यालका अनुसार, बालकलाई उद्धार गरी अस्पताल पुर्याउने प्रयास भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि सुरजको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो। पोष्टमार्टम पश्चात शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
