सर्लाहीमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
मलंगवा

नेपाल–भारत सीमा नजिकै स्रोत नखुलेको १४ लाख रुपैयाँसहित सर्लाहीमा एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीमाथि रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति मलंगवा नगरपालिका–२ का ३६ वर्षीय इन्द्रजित प्रसाद साह रहेका छन्। सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दका अनुसार साहलाई मलंगवा नगरपालिका–८ को सीमा क्षेत्र दशगजाबाट पक्राउ गरिएको हो। उनी भारतीय नम्बर प्लेट ९द्यच् घण् प् द्धण्ण्ढ० भएको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै थिए।

प्रहरीले बरामद गरेको १४ लाख रुपैयाँको स्रोत खुलेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा यो रकम अवैध हुण्डी कारोबारमा प्रयोग भइरहेको हुन सक्ने आशंका गरिएको सशस्त्र प्रहरीको भनाइ छ। अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

नेपाल–भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा यस्ता अवैध कारोबार दोहोरिरहँदा सुरक्षा चुनौती थपिँदै गएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...