चिकित्सक संघको मागबारे तीन मन्त्रीसँग छलफल, सहमतिको प्रयास आज साँझ पुनः वार्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौँ
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधनका लागि तीन मन्त्रीसँग नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले छलफल गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको बैठकमा स्वास्थ्य मन्त्री प्रदीप यादव, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सहभागी थिए।

वार्तामा चिकित्सक संघका अध्यक्ष डा। अनिल कार्की, महासचिव डा। सञ्जीव तिवारी, पूर्वअध्यक्ष डा। लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। चोपलाल भुसाललगायतका चिकित्सक प्रतिनिधिहरू सहभागी थिए।

स्रोतका अनुसार छलफलमा अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजेस, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ एशोसिएसन अफ नेपाललगायतका संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

स्वास्थ्य मन्त्रीको सचिवालयका अनुसार पहिलो चरणको छलफल सकारात्मक भएको र आजै साँझ ६ बजे पुनः बैठक बसेर सहमति प्रयास गर्ने सहमति भएको छ।

ुपहिले तीन मन्त्रीबीच चिकित्सकहरूको मागबारे आन्तरिक छलफल भयो, त्यसपछि चिकित्सक प्रतिनिधिसँग विस्तृत संवाद भयो,ु मन्त्री सचिवालयका एक अधिकारीले भने, ुअब पुनः साँझ ६ बजे निर्णायक वार्ता हुनेछ।ु

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...