बर्दिवासबाट प्रकाशित आज्ञा खबर डटकमले सुरु ग¥यो मैथिली भाषामा समाचार प्रकाशन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मैथिली भाषी पाठकहरूका लागि छुट्टै अनुभूति, संस्कृति र पहिचानसँगको सम्बन्धलाई समेट्ने प्रयास

महोत्तरी जिल्लाको बर्दिवास–१ मा रहेको आज्ञा खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित लोकप्रिय अनलाइन समाचार पोर्टल ‘अज्ञा खबर डटकम’ ले अबदेखि मैथिली भाषामा पनि समाचार प्रकाशन सुरु गरेको छ। मिथिला क्षेत्रका पाठकहरूको सुविधा, पहिचान र भाषागत मागलाई आत्मसात गर्दै दैनिक रूपमा शुक्रवारदेखि मैथिली भाषामा समाचारहरु नियमित रुपमा प्रकाशित गरिने जानकारी आज्ञा खबर परिवारले दिएको छ।

मैथिली नेपालमा संविधानतः मान्य राष्ट्रिय भाषा हो, र मधेश तथा मिथिला क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ। भाषा मात्र नभएर संस्कार, संस्कृति र चेतनाको सम्वाहकको रूपमा मैथिलीलाई स्थापित गर्ने उद्देश्यले आज्ञा खबर डटकमले यो पहल सुरु गरेको हो।

मैथिली समाचार पढ्ने तरिका
मैथिली भाषामा प्रकाशित समाचार हेर्नको लागि   aagyaakhabar.com  मा गएर माथिल्लो पट्टीमा रहेको “मैथिली“ लेखिएको शिर्षकमा क्लिक गर्नु पर्नेछ। त्यसमा क्लिक गरेपछि मैथिली भाषामा लेखिएका समाचारहरूको सूची खुल्नेछ।

आज्ञा खबरका सम्पादकका अनुसार, “पाठकहरूको रोजाइ र आवश्यकता अनुसार भाषागत विविधतालाई समेट्दै अघि बढ्नु आजको अनलाइन पत्रकारिताको आवश्यकता हो। मिथिलाञ्चलका हजारौं पाठकहरूको अनुरोध र उत्साहजनक प्रतिक्रिया पाएपछि हामीले मैथिली भाषामा समाचार प्रकाशन सुरु गरेका छौं।”

स्थानीय पाठकहरू, बुद्धिजीवी, लेखक तथा भाषाविद्ले आज्ञा खबरको यो कदमको खुलेर प्रशंसा गरेका छन्। बर्दिवासका स्थानीय समाजसेबी तथा तथा जानकारहरुका अनुसार “मैथिलीमा समाचार पढ्दा लाग्छ, समाचार हाम्रो हृदयसँग बोल्दैछ। हाम्रो भाषा, हाम्रो पहिचान जगेर्ना गर्ने यो प्रयास सराहनीय छ।”

मैथिली संस्करण अन्तर्गत क्षेत्रीय राजनीति, समाज, शिक्षा, कृषि, भाषा–संस्कृति, स्वास्थ्य, मनोरञ्जन, र जनजीवनसँग सम्बन्धित विषयवस्तुहरू समेटिनेछन्। साथै, स्थान विशेषका आवाजहरूलाई प्राथमिकता दिँदै स्थानीय बौद्धिक र सिर्जनशील प्रतिभाहरूलाई समेत लेखनका लागि अवसर दिइनेछ।

अज्ञा खबर मिडिया परिवारले मैथिली भाषालाई अनलाइन पत्रकारिताको मूलधारमा ल्याउन तथा डिजिटल युगमा मिथिलाको सांस्कृतिक समृद्धि झल्काउन थप योजनाहरू समेत अघि सारेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...