आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटु क्षेत्रमा बीपी राजमार्गमा सोमबार दिउँसो टिफर दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
सिन्धुलीवाट बर्दिवास तर्फ आउँदै गरेको ना ८ ख ३०८४ नम्बरको ढुंगा लोड गरिएको टिफर अनियन्त्रित भई सडकको दाहिने छेउमा पल्टिँदा चालक, सहचालक र इन्जिनियर घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी नायब उपरीक्षक विकास बमको नेतृत्वमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थलमा पुगेर खटिएको थियो।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर र एकजनाको अवस्था सामान्य रहेको जनाइएको छ। प्रहरीका अनुसार घाइते हुनेहरुमा
औरही नगरपालिका–८, टिमकिया, महोत्तरीका टिफर चालक २५ वर्षका रविन्द्र ठाकुर छन उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेर अवस्था गम्भिर रहेको छ ।
त्यसैगरी सिरहाको नरहा गाउँपालिका–३,बस्ने २२ वर्षका प्रहलाद कुमार महरा छन महरा टिफरका सहचालक हुँन उनको दाहिने खुट्टा र काँधमा चोट लागेकोछ अहिले उनको अवस्था सामान्य रहेको छ ।
त्यस्तै सप्तरीको राजविराज नगरपालिका–१६ का वर्ष २८ का नरेन्द्र दास रहेका छन दास पेशााले इन्जिनियर हुँन,उनको शरीरका विभिन्न भागमा चोट लागेको छ हाल उनको अवस्था गम्भिर रहेको छ ।
घाइते तीनैजनालाई तत्काल उद्धार गरी बर्दिबासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनास्थल प्रहरी कार्यालयबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। हाल टिफर यथास्थानमै रहेको र हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।





































