कांग्रेसको गुटबन्दी अन्त्यतर्फको संकेत: बर्दिवास–४ मा तरुण दलको वडा भेला सम्पन्न, नयाँ नेतृत्व चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसभित्र देखिएको गुटगत विभाजनलाई अन्त्य गर्दै संगठनात्मक एकताको सन्देश दिन महोत्तरीको बर्दिवास नगरपालिका–४ मा नेपाल तरुण दलको वडा भेला सम्पन्न भएको छ। बुधवार सम्पन्न भेलाबाट सर्वसम्मत रूपमा नयाँ वडा समिति चयन गरिँदा दलभित्रको विगतको ध्रुवीकरण मत्थर भएको संकेत देखिएको हो।

टेकेन्द्र लामाको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा कांग्रेस महोत्तरी सभापति विनय कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले युवाशक्ति कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै संगठनात्मक बलियोपनको आधार युवा सक्रियता नै भएको धारणा राखे। यादवले बिगतमा देखिएको गुटगत सोच त्यागेर साझा उद्देश्यतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

भेलाले टेकबहादुर घिसिङको नेतृत्वमा ११ सदस्यीय नयाँ वडा समिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिमा हेमबहादुर कुँवर उपाध्यक्ष, यमबहादुर गोले सचिव, लालध्वज बस्नेत सह–सचिव, अर्पणा बम्जन कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरूमा रोहित थापा, सबिन जिम्बा, मनोज मल्ललगायत रहेका छन्।

साथै भेलाले आठ जना पालिका अधिवेशन प्रतिनिधि र तीन जना जिल्ला अधिवेशन प्रतिनिधि पनि चयन गरेको छ। नेपाल तरुण दलका महोत्तरी जिल्ला सचिव बिन्देश्वर साहका अनुसार, पालिका प्रतिनिधिमा रोहित थापा, सबिन जिम्बा, सुन्तली माया, डम्मर नारायण साह, विष्णु घिमिरे, होमबहादुर कुँवरलगायत छन्। जिल्ला प्रतिनिधिमा मनोज मल्ल, मञ्जु महतो र अर्पणा बम्जन चयन भएका छन्।

कार्यक्रम संयोजन समितिका अनुसार यो भेला केवल सांगठानिक औपचारिकता मात्र नभई, लामो समयदेखि कांग्रेसभित्र देखा परेको गुटबन्दी अन्त्य गरी संगठनमा एकता कायम गर्ने रणनीतिक प्रयासको हिस्सा हो। सहभागीहरूको एकता प्रदर्शन र सर्वसम्मत चयन प्रक्रियाले पार्टीभित्र सहकार्यको नयाँ वातावरण तयार भएको देखिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...