बालभेलामा बालबालिकाले राखे सरोकारका सवाल

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहकार्य र समन्वयमा नगरस्तरीय बाल भेला शनिवार सम्पन्न भएको छ। बालअधिकार सुनिश्चितता र बालमैत्री योजना निर्माणको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बर्दिवास नगर क्षेत्रका विभिन्न विद्यालयबाट आएका बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेब यादवले बालबालिकाको आवाजलाई नीति निर्माण तहसम्म पु¥याउन यस्ता भेलाहरू महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। उनले भने, “बालबालिकाले आफैं भोगेका समस्या बोल्न पाउने मञ्च हुनु नै बालभेला हो। यसले उनीहरूको आत्मविश्वास मात्र बढाउँदैन, योजना निर्माणमा समेत टेवा पुग्छ।“

त्यस्तै, बर्दिवास नगरपालिका शिक्षा शाखाका उपसचिव रेवती प्रसाद पराजुलीले बालबालिकाका मौलिक अधिकारको बारेमा प्रकाश पारे। उनले भने, “शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता जस्ता बालबालिकाका अधिकारहरू सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो। यस्ता भेलाबाट बालबालिकाको आवाज सुनिने र नीति निर्माणमा उपयोगी जानकारी प्राप्त हुने भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्छ।“
भेलामा सहभागी बालबालिकाहरूले विद्यालयमा सेनेटरी प्याडको ब्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्था, नियन्त्रणबिना बालबालिकामा फैलिँदो लागुऔषधको दुव्र्यसन, बालविवाहको जोखिम, तथा विद्यालय परिसरको सुरक्षित घेराबेरा लगायतका विषयमा धारणा राखेका थिए। बालबालिकाले उनीहरूका दैनिक जीवनमा पर्ने प्रभावबारे सजीव प्रस्तुति दिँदै, यी समस्याहरू समाधानको माग समेत गरेका थिए।

बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा यस्ता भेलाले सकारात्मक प्रभाव पार्ने जनाइएको छ। बालबालिकाले आफ्ना अधिकारको बारेमा बुझ्न, बोल्न र नीति निर्मातासँग संवाद गर्न पाएको अवसरका रूपमा यो भेलालाई लिइएको थियो।

कार्यक्रममा सहभागी संस्था सामुदायिक बिकास तथा पैरबी मञ्च नेपाल बर्दिवासले बालमैत्री नगरपालिका निर्माणका लागि आवश्यकपर्ने निती निर्माण र बजेटकालागी नगरपालिकाको आगामी बार्षिक योजनामा समावेश गर्नेगरी नगरपालिकामा योजना पेशगर्ने प्रतिवद्धता जनाएका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...