आज्ञा खबर
बर्दिवास
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय (मधेश प्रदेश, को आयोजनामा महोत्तरीको बर्दिवासमा “स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरूको पैरबी तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य सेवा प्रवद्र्धनका विविध पक्षबारे जानकारी दिइनुका साथै मिडियाकर्मी र स्वास्थ्यकर्मीबीच सहकार्य र समन्वय आवश्यकताबारे गहन छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले सञ्चारको माध्यमबाट समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न मिडियाको भूमिका झनै महत्वपूर्ण हुने धारणा राखेका थिए। त्यस्तै, ग्रामीण क्षेत्रमा अझ प्रभावकारी स्वास्थ्य सेवा पु–याउन स्वास्थ्यकर्मीहरूको समर्पण र जनसहभागिता आवश्यक रहेको भनाइ वक्ताहरूले राखेका थिए।
स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशका प्रतिनिधिहरूले कार्यक्रमको उद्देश्य, महत्व र आगामी योजनाका बारेमा समेत प्रकाश पारेका थिए।
