लिटिल बुद्ध’ भनिने विवादास्पद धर्मगुरु बम्जन फेरि कारागारमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
धार्मिक रहस्यवाद र विवादका केन्द्रमा रहने गरेका ‘लिटिल बुद्ध’ का नामले चिनिने रामबहादुर बम्जन (रामलाल बम्जन)लाई फेरि एकपटक कारागार चलान गरिएको छ। सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई मलङ्गवा कारागारमा राखिएको हो।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दिएको आदेशअनुसार बम्जनलाई गएको राति नै प्रहरीले मलङ्गवा कारागार पु¥याएको थियो। अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार बम्जनविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा गत फागुन ५ गते दर्ता गरिएको थियो।

बम्जन कानुनी विवादमा तानिएका पहिलो पटक होइन यसअघि उनलाई अनुयायी महिलामाथि यौन दुराचारको आरोपमा सर्लाही जिल्ला अदालतले १० वर्षको कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। तर, उक्त फैसला उच्च अदालत जनकपुरले चैत ६ गते उल्ट्याउँदै बम्जनलाई जेलमुक्त गर्ने आदेश दिएको थियो।

तर, नयाँ मुद्दासँगै बम्जन पुनः कानुनी विवादको घेरामा परेका छन्। बम्जन अदालतमा उपस्थित हुनेबित्तिकै मलङ्गवा बजारमा उनका सयौं अनुयायीहरू उपस्थित भएर उनलाई समर्थन जनाएका थिए, जसले अदालत परिसरमा असामान्य चहलपहल देखिएको थियो।

धार्मिक विश्वास र विवादबीचका यस खिचातानीपूर्ण यात्रामा बम्जनको पछिल्लो अध्याय फेरि पनि जेलको ढोकासम्म पुगेको छ। अब सम्पत्ति शुद्धिकरण मुद्दाको सुनुवाइले उनको भविष्य कता मोडिन्छ भन्ने प्रतीक्षा गरिन बाँकी छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...