आज्ञा खबर
सिरहा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार सिरहा नगरपालिकामा छापा मारेको छ।
नगरपालिकासम्बन्धी आएका उजुरीका आधारमा अनुसन्धानका लागि टोली सिरहा पुगेको हो। आयोगका सूचना अधिकारीका अनुसार, केही योजनामा अनियमितता भएको आशंकामा छानबिन गर्न टोली खटिएको हो।
छानबिनका क्रममा टोलीले नगरपालिका कार्यालयका केही योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको छ भने, केही योजनाको स्थलगत निरीक्षणसमेत गरेको छ।
अख्तियारले प्रारम्भिक अध्ययनपछि थप अनुसन्धान अघि बढाउने जनाएको छ





































