स्थानीय तहको बेवास्ताले जनस्वास्थ्य संकटमा पर्न सक्ने मुख्यमन्त्री सिंहको चिन्ता

[sharethis-inline-buttons]

 

आज्ञा खबर
सर्लाही
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारका प्रयासमा बन्द गरिएका अवैध अस्पतालहरू स्थानीय तहको अनुमति र लापरबाहीले पुनः सञ्चालनमा आएकोप्रति गम्भीर आपत्ति जनाएका छन।

शनिबार सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आयोजित जनमत पार्टीको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले दर्ता नभएका र मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरूलाई आफैंले अनुगमन गरेर बन्द गराए पनि, ती संस्थाहरू स्थानीय तहको ‘मूक समर्थन’ मा पुनः खुलिरहेको बताए।
उनले भने“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो हेलचक्र्याइँले गम्भीर परिणाम ल्याउन सक्छ,”हामी बन्द गर्छौं, स्थानीयले फेरि खोल्छन्—यस्तो अवस्थामा कसरी सुधार हुन्छ?”

प्रदेश सरकारको नेतृत्व गरिरहेका सिंहले केन्द्र र स्थानीय तहसँगको समन्वय अभावले जनस्वास्थ्य नीति कार्यान्वयनमा अवरोध पुगेको संकेत गरे।
उनले संयुक्त सरकार सञ्चालनका क्रममा दलहरूको आ–आफ्नो प्राथमिकता सम्हाल्न हम्मे पर्ने अवस्था रहेको पनि खुलासा गरे।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले बरहथवा–१ स्थित बागमती नदीको खर्सालघाटमा तटबन्ध निर्माणको माग राखेका थिए। यसमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले सो योजना संघीय सरकारको कार्यदायित्वमा परेको जानकारी गराउँदै, त्यसमा प्रदेश सरकारको भूमिका सहजीकरण र सहयोगीको हुने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री सिंहको भनाइबाट प्रदेश र स्थानीय तहबीचको सम्बन्धमा देखिएको खटपट, र त्यसले नीति कार्यान्वयनमा पारिरहेको असर फेरि एक पटक उजागर भएको देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...