आज्ञा खबर
सर्लाही
सर्लाहीको सदरमुकाम मलंगवामा भारतीय सवारीको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।
मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस नजिकै दिउँसो गोरखकाली सीमाबाट मलंगवा बजारतर्फ आइरहेको बीआर ०६ ए ई ९६६८ नम्बरको भारतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट मलंगवा नगरपालिका–३ की ७० वर्षीया हसिना खातुन गम्भीर घाइते भइन्। स्थानीयले तत्कालै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।





































