समाजवादी महिला संघ नेपालमा निर्मला यादवको नेतृत्व, ४७ सदस्यीय,केन्द्रीय समिति निर्विरोध निर्वाचित

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालले नयाँ नेतृत्व चयन गरेको छ। जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्मला यादव केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।

निर्वाचन समितिका प्रमुख चन्देश्वर प्रसाद सिंहका अनुसार महाधिवेशनले ४७ सदस्यीय केन्द्रीय समितिको गठन गरेको छ, जसका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।

नयाँ नेतृत्वअनुसार, उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनिता देवी मोची, दिना लामा र सीमा नेसा चयन भएका छन्। महासचिवको जिम्मेवारी भगवती सुवेदीलाई दिइएको छ। उपमहासचिवमा सर्निता कुमारी यादव, सचिवमा सरस्वती जयसवाल र सवनम अन्सारी तथा कोषाध्यक्षमा प्रमिला गिरी चयन भएकी छन्।

नवगठित समितिमा निम्न सदस्यहरू समावेश छन्ः
अम्भु सिंह, रेणुका सिंह, उषा कुमारी, निर्मला देवी रमण, सावित्री पण्डित, सुधा दास, विनीता कुमारी सिंह, पावित्री साह, ललिता देवी साह, लालीमाया तामाङ, सिताकुमारी यादव, सुशीला घलान, ललिता यादव, बसन्ती देवी नुनीया, कुन्ता राई, सपना अधिकारी, शर्मिला राई, रीता खापुङ, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इश्रत खातुन, शान्ता तामाङ मोक्तान, फुलमाया नेम्बाङ, मनुमाया मोक्तान, अम्बिका कुमारी विश्वकर्मा, सुनिता देवी महरा, ज्योति खम्बु, रिपल राई, ओममाया आङदेम्बे, स्त्रीमाया तामाङ, गीता कार्की, सरस्वती पोखरेल, कोपिला कार्की, गायत्री यादव, लिला परियार र मधु सोनकर।

महाधिवेशनले समावेशिता, महिला सशक्तिकरण र समान अधिकारका पक्षमा संघको भूमिकालाई थप प्रभावकारी बनाउने संकल्प व्यक्त गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...