पाँच वर्षदेखि अलपत्र: बलान खोलाको झोलुंगे पुल निर्माण ठप्प

[sharethis-inline-buttons]

आज्ञा खबर

सप्तरी

सप्तरीको बलान बिहुल गाउँपालिका देखी सिरहाको भगवानपुर गाउँपालिका जोड्ने बलान खोलामा निर्माण थालिएको झोलुंगे पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। पुल निर्माणका लागि २०७६/७७ मा संघीय सरकारको अनुदानबाट ठेक्का सम्झौता गरिए पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन।

३० महिनामा सकिनुपर्ने परियोजना अधुरै

भगवानपुर गाउँपालिकाले २०७७ असार २६ गते करोड २१ लाख ४९ हजार रुपैयाँको लागतमा ‘आईडी अंशुमन एसोसिएट्स जेभी’ सँग पुल निर्माणका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार ३० महिनाभित्र, अर्थात् २०७९ पुस २६ सम्ममा निर्माण सम्पन्न हुनुपर्ने थियो। तर हालसम्म दुबै किनारको फाउन्डेसनसमेत पूर्ण बन्न सकेको छैन।

२०७८ भदौ १३ सम्ममा करोड ३३ लाख रुपैयाँ भुक्तानी भइसकेको भए पनि त्यसपछिको काम ठप्प छ। निर्माण कम्पनी सम्पर्कविहीन भएपछि २०७९/८० मा आएको लाख रुपैयाँ बजेट समेत फिर्ता गएको भगवानपुर गाउँपालिकाका प्राविधिक आनन्ददेव महतोले जानकारी दिए।

जनप्रतिनिधिको माग: छानबिन होस्

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले “झन्डै डेढ करोड खर्च भइसकेको तर पुल निर्माण अलपत्र हुनु दुःखद” भन्दै छानबिनको माग गरे। “स्थलगत निरीक्षण गर्दा खर्च र कामबीच असमानता देखिन्छ,” उनले भने।

प्रशासन बेखबर, निर्माण कम्पनी सम्पर्कविहीन

भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले आफू नयाँ भएको कारण विस्तृत जानकारी नभएको बताए। निर्माण कम्पनीका प्रतिनिधि बसन्त बुढाथोकीसँग सम्पर्क हुन सकेको छैन।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...