मधेश प्रदेशमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी मधेश प्रदेशमा फेला परेका छन्। काठमाडौँमा बिहीबार सम्पन्न कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले उक्त जानकारी दिए ।

डा. देवकोटाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्कअनुसार कुष्ठरोगको राष्ट्रिय प्रकोपदर प्रति १० हजार जनसङ्ख्यामा ०.९२ रहेको छ, जुन एकभन्दा कम हो। रोग निवारणको लक्ष्य पूरा गर्न यो दर एकभन्दा कम हुनु आवश्यक मानिन्छ। तर, जिल्ला तहमा हेर्दा ७७ मध्ये १८ जिल्लामा प्रकोपदर एकभन्दा माथि छ भने ४८ जिल्लामा एकभन्दा कम छ। ११ जिल्लामा भने नयाँ कुष्ठरोगका बिरामी फेला परेका छैनन्।

कुष्ठरोगका बिरामी प्रदेशगत रूपमा हेर्दा मधेश, लुम्बिनी र कोशी प्रदेशमा रोगको उच्च भार देखिएको छ। तीमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै बिरामी फेला परेका छन्, जुन कुल बेसको एक तिहाइभन्दा बढी हो। दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा करिब एक चौथाइभन्दा बढी बिरामी रहेका छन्।

आर्थिक वर्ष २०८०÷०८१ को अन्त्यसम्म वर्षको अन्त्यसम्म २,४७२ नयाँ कुष्ठरोगीहरू फेला परेका थिए, जसमा १,०४२ जना महिला थिए। त्यस्तै १४ वर्षमुनिका बिरामीको संख्या १३६ रहेको सचिव देवकोटाले जानकारी दिए। उनका अनुसार पहिचानमा आएका सबै बिरामीहरू उपचाररत छन्।

नेपालले कुष्ठरोगको नियन्त्रणतर्फ प्रगति गरे पनि केही जिल्लाहरूमा अझै रोगको उच्च दर देखिनु चुनौतीको रूपमा रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...