ध्वजमान मोक्तान एमाले ईश्वरपुर नगर अध्यक्षमा निर्वाचित, सम्पूर्ण प्यानल विजयी

आज्ञा खबर
सर्लाही
ध्वजमान मोक्तान एमाले ईश्वरपुर नगर अध्यक्षमा निर्वाचित, सम्पूर्ण प्यानल विजयी

सर्लाही — नेकपा एमाले ईश्वरपुर नगर कमिटीको अध्यक्षमा ध्वजमान मोक्तान निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी मेनकुमार गौतमलाई १४ मतको अन्तरले पराजित गर्दै तीन वर्षका लागि अध्यक्ष पद हात पारेका हुन्।

ईश्वरपुर ४ निवासी मोक्तानले १सय६० मत प्राप्त गरे भने पूर्व नगर अध्यक्ष समेत रहेका ईश्वरपुर ५ का गौतमले १सय४६ मतमा सीमित भए। शनिबार सुरु भएको दोस्रो नगर अधिवेशनमा सहमति हुन नसकेपछि आइतबार मतदान गरिएको थियो।मतदानमा मोक्तान नेतृत्वको प्यानलबाट उपाध्यक्ष, सचिव र दुवै उपसचिवसहित पाँचै पदाधिकारी विजयी भएका छन्।
उपाध्यक्षमा गणेश कार्की १सय५६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी सविता चौधरीले १सय४२ मत पाइन्।त्यसैगरी सचिव पदमा श्याम महतोले १सय६३ मत ल्याएर जित्दा, बालकृष्ण दर्लामी १सय३४ मतमै रोकिए।

तेस्तैउपसचिव (महिला) पदमा रासवती देवीले १सय६१ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी सुशीला पाण्डेले १सय४० मत पाइन्।उपसचिव (खुला) मा खेमबहादुर बुढाथोकी १सय५९ मतसहित निर्वाचित भए, जबकि विजय महतोले १सय३६ मत ल्याए।

मतदान आइतबार दिउँसो १ः३० बजेबाट सुरु भई साँझ ५ बजेसम्म उद्योग वाणिज्य संघ, बयलवासको सभा हलमा सम्पन्न भएको थियो। निर्वाचन समितिका अनुसार राति १० बजे मतगणना सकिएको थियो।

निर्वाचन समितिका संयोजक कपिलमुनि पोखरेलका अनुसार ३२१ जना प्रतिनिधिमध्ये २९४ जनाले मतदान गरेका थिए। अध्यक्ष मण्डलका अध्यक्ष मनोजकुमार देवकोटाले मतगणनामा कुनै विवाद नभएको बताए।

६५ सदस्यीय नगर कमिटीमध्ये पाँच पदाधिकारी निर्वाचित भइसकेका छन् भने बाँकी सदस्यहरु १५ वटै वडाबाट सहमतिको आधारमा चयन गरिने निर्णय भएको निर्वाचन समितिले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...