प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार नवीन चौधरी सम्मानित

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
आज विश्वभर मनाइँदै गरेको प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल प्रेस युनियन महोत्तरी शाखाको आयोजना गरिएको विशेष साधारण सभा तथा गोष्ठी कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारिताको क्षेत्रमा सक्रिय रूपमा कार्यरत युवा पत्रकार नवीन कुमार चौधरी (एपी वन टिभी) का सम्वाददातालाई प्रेस युनियनको तर्फबाट रु. ५,००० नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।

सो अवसरमा प्रेस युनियनका केन्द्रिय सचिव दिलीप पौडेलले पत्रकारिता पेशाको मूल्य,कर्तव्य र यसले भोगिरहेको समस्याका विषयमा चर्चा गर्दै पत्रकारिता समाजको केन्द्रबिन्दु भएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका श्रममन्त्री कौशल कुमार यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्री, निजामती कर्मचारी संघका अध्यक्ष भरत यादव, प्रेस स्वतन्त्रता सेनानी रविन्द्र उप्रेती, लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सिंह,को अध्यक्षतामा भएको साधारण सभाका वक्ताहरूले पत्रकारिताको भूमिका, दायित्व र यसको सशक्तिकरणको आवश्यकता माथि विचार राख्दै आगामी दिनहरूमा पत्रकारका हक र हितलाई ध्यानमा राखी सहकार्य र सुधारको अपेक्षा व्यक्त गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...