मधेश प्रदेशसभा परिसरमा नयाँ संरचनाहरूको शिलान्यास,

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शुक्रबार प्रदेशसभा परिसरमा पानीको फोहरा, मुख्यद्वार र सहायक प्रवेशद्वारको शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले प्रदेशसभा केवल जनप्रतिनिधिको थलो मात्र नभई मधेश प्रदेशको सांस्कृतिक र राजनीतिक पहिचान झल्काउने गरिमायुक्त स्थल भएको उल्लेख गरे।

उनले प्रदेशसभाको भौतिक संरचना पनि त्यसैअनुसार आकर्षक र स्तरयुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै, यी संरचनाहरूले प्रदेशसभाको गरिमा वृद्धि गर्नुका साथै जनसम्बन्धलाई थप आत्मीय बनाउने विश्वास व्यक्त गरे।

सभामुख मण्डलका अनुसार, निर्माण गरिने पानीको फोहरा प्रदेशसभाको मुख्य आकर्षण हुनेछ भने मुख्यद्वार मधेशको मौलिक सांस्कृतिक शैली र वास्तुकलालाई झल्काउने गरी निर्माण गरिनेछ।

उनले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै आवश्यक बजेट सुनिश्चित भइसकेको जानकारी पनि दिए। साथै, सभामुखले प्रदेश सरकार र निर्माण व्यवसायीलाई पारदर्शिता, जवाफदेहीपन र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...