पर्यटन प्रबद्र्धनकालागी सप्तरीको पर्यटकिय गन्तव्यहरूको अबलोकन भ्रमण

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराजमा बिहिवार घुमौँ मधेस, बुझौँ प्रदेश अन्तरगत अन्तरक्रिया सहितको अबलोकन भ्रमण सम्पन्न भएको छ ।

मधेस प्रदेश भित्रका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्दै प्रवद्र्धन गरेर त्यसता क्षेत्रमा बढी भन्दा बढी स्वदेशी तथा बिदेसी पर्यटक भित्र्याउने उदेश्यले मधेश प्रदेशको उद्योग बाणिज्य तथा पर्यटन मन्त्रलय र नेपाल होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशको आयोजनामा गरीएको कार्यक्रममा सरोकारवाला निकायसगँको खुल्ला छलफल अन्तरक्रिया र सम्भाबित स्थानलाई थप बिकासगर्दै प्रभाबकारी बनाउन अबलोकन भ्रमण गरीएको नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए ।
करीब १ वर्ष अगाडि बाराको पर्सा राष्ट्रिय निकुन्जमा अन्तरत्रिया सहित अबलोकन भ्रमणगर्दै सुरु भएको पर्यटन प्रबद्र्धन कार्यक्रम अहिलेसम्म मधेश प्रदेशको ५ जिल्लामा सम्पन्न भई सकेको छ । यस अन्तरगत बिहिवार सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, बैष्नोदेबी मन्दिर,कंकालिनी भगवती मन्दिर,सक्रेश्वरी महादेब मन्दिर लगायतका मठ मन्दिरको अबलोकन भ्रमण गरीएको बताईएको छ ।
मधेश प्रदेशको ४ जिल्लामा यो कार्यक्रम सम्पन्न भईसक्दा मधेस प्रदेश सरकारले कार्यक्रमको स्वामित्व लिएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले यो अभियानले मधेसका लुकेका सुन्दरता सहितका धरोहरलाई उजागर गरिरहेको बताए । उनले भने, हाम्रा यस्ता पहलले प्रदेश सरकारदेखि स्थानीय तहसम्म सबैलाई पर्यटन प्रबद्धनमा संलग्न गराउने छ भन्ने विश्वास हामिले लिएका छौ ।”
यसअघि व्यवसायी महासंघ मात्रै एकल आयोजक बनेको भए पनि सप्तरीको श्रृंखलामा मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले समेतको आयोजनामा सहकार्य हुँनु प्रबद्धनको सुरुवाती अवस्थामा आएको हुनाले यो हामी ब्यबसायीकालागी महत्वपूर्ण उपलब्धि हो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशका मन्त्री सकिलअली मियाँले निजी संस्थाको पहललाई स्वीकार्दै समन्वय र बजेट विनियोजन गरेर अघि बढ्ने जनाए । उनले भने,पर्यटन प्रवद्र्धनमा मैले नै स्वामित्व लिएको छु,त्यस कारण पर्यटन प्रवद्र्धनको बिकसले पनि गतिलिने छ।

NEWS

कार्यक्रमका सहभागीहरूले तीनै तहका सरकारमाथि पर्यटनका आधारभूत पूर्वाधार निर्माण र नीति–कार्यक्रमलाई द्रुत गतिमा कार्यान्वयन गर्न प्रश्न उठाएका छन्। यसै क्रममा संघिय सरकारका जलश्रोत तथा सिचाई पूर्वमन्त्री उमेश यादवले स्थानीय सरकारहरूको यथास्थितिवादी चिन्तनले पर्यटन विकासमा प्रभावकारी परिणाम दिन नसकेको गुनासो गरे।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले संघ,प्रदेश र स्थानीय तहबीच सहकार्य अभावले विकासको गतीमा ढिलासुस्ती हुन पुगेको जिकिर गरे ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट योजनामा पर्यटन प्रवद्र्धनका लागि थप स्वीकृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। यो कार्यक्रम अन्तरगत पर्सा र धनुषामा बाँकी रहेको शृंखलालाई यसै वर्ष भित्र सम्पन्न गर्ने तयारीको जानकारी नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशले दिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...