आज्ञा खबर
सर्लाही
सर्लाहीको ईश्वरपुर नगरपालिका–९,रामनगरको वडा कार्यालय बुधवारदेखी आफ्नै भबनमा सरेको छ।
बिगतमा रामनगरस्थित खानेपानी संस्थाको भवनबट नागरिकलाई सेवा दिदै आईरहेको वडा कार्यालयको भवन निर्माण भएपछी आफ्नै भवनमा सरेको हो।
भवनको नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रन्जितादेवी चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद महतो सुढीले दुुई कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सोही जग्गामा ४० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरीएको वडा सचिव नवीनकुमार यादवले जानकारी दिए ।
भबनमा बैठक कोठा, वडाध्यक्ष कक्ष, वडा सचिव कक्षसहितका कोठाहरु रहेको वडा अध्यक्ष नन्दलाल चौधरीले बताए ।





































