आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।
सक्षम बालिका ःसमृद्ध मधेश मुलनाराका साथ शुरु भएको सम्मेलनलाई एक समारोहका बिच मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेका छन ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा बाल विवाह विरुद्ध प्रदेशस्तरीय किशोरी संजालको आयोजनामा सुरु भएको सम्मेलन दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ।
किशोरी समुह सिरहाका किशोरी गुन्जा कुमारी ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका बिभिन्न ओहदामा रहेका ब्यक्तित्वहरुले बाल बालबालिको अधिकार सुनिश्चित्ताको लागि निमार्ण भएका कानुनहरुको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताएका छन्। लाइफ नेपाल ,हाम्रो प्रयास ,सखी ,महिला सचेतना समुह, दलित विकास मञ्च, मुक्ति नेपाल र परिकल्पना नेपाल सह आयोजक रहेको उक्त सम्मेलनमा मधेश प्रदेशको आठवटै जिल्लाका किशोरीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा बालविवाह, भागी विवाह, दहेज प्रथा तथा भेदभाव विरुद्ध इजोत नामक मञ्चान गरिएको छ । सम्मेलनमा किशोरीहरुको हक अधिकारको सवालमा विबिध प्रकारका छलफल पश्चात जनकपुरधाम घोषणापत्र जारी गर्दै बिहिबार सम्मेलन सम्पन्न हुने लाइफ नेपाल जनकपुरधामका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए ।





































