सप्तरीबाट ५८ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरी प्रहरीले ५८ केजी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका वडा नं ३ का अन्दाजी ४३ वर्षीय जयराम दाहाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फत्तेपुरबाट डिमनतर्फ जाँदै गरेको गरेको प्र. १–०२–००३ ह. २८३४ नं को अटो र ५८ केजी गाँजासहित दाहाललाई जिल्लाको तिरहुत गाउँपालिका वडा नं २ वडहराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

शङ्का लागेर अटो चेक जाँच गर्दाभित्र लुकाएर राखेको सेतो प्लास्टिकको दुई वटा पोका सेतो बोरा भित्र गाँजा फेला परेको प्रहरीले बताएको छ।
पक्राउ पर्ने अटो चालक दाहाल र अटो प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको बताईएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...