आज्ञा खबर
सप्तरी
घरायसी विवादका कारण सप्तरीेमा एक जना आमाले छोरालाई विष खुवाउँदा छोराको ज्यान गएको छ भने आमाले समते बिष सेबनगर्दा उनको अवस्था समेत गम्भिर बनेको छ ।
जिल्लाको राजविराज नगरपालिका–१ चनौराकी २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ घरायसी बिवाद हुँदा आफ्नो चार वर्षीय छोरालाई विष खुवाएर आफूले पनि खाएकी हुँन ।विष सेवनपछि चार वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेकी आमाको उपचार भइरहेको छ ।
विष खुवाउँदा सिकिस्त भएका बालकलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदा त्यहाँ पनि उपचार सम्भव हुन सकेन । त्यहाँबाट उनलाई नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो ।
उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
विष सेवन गरेकी काजलको नोबेल अस्पतालमै उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





































