सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम बर्दिवासमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम महोत्तरीको बर्दिवासमा सोमवारदेखी सुरु भएको छ । संघिय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका छन।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा सञ्चालन गरीएको कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकासका अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गरीने बताईएको छ ।
कार्यक्रममा एक प्रदेशमा गरीएका बिकासका कामबाट अन्य प्रदेशलाई के–कसरी सहयोग गर्न सकिने भन्ने विषयहरूमा छलफल भइरहेको छ ।

सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरूसमेत उपस्थित भएर आ–आफ्ना प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन् ।
कार्यक्रमले सातवटै प्रदेश सरकारलाई एकापसमा जोड्ने काम गरेको, प्रदेश सरकारलाई बलियो बनाउने प्रयास गरेको तथा एकापसमा भए– गरेका कामहरूको अनुभव, चुनौती तथा सम्भावनाहरूलाई साटासाट गरेर आउँदा दिनमा थप प्रभावकारी रूपमा काम गर्ने वातावरण निर्माण गर्ने कार्यक्रममा सहभागीहुनेहरुले विश्वास व्यक्त गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...