मलंगवामा पत्रकारका लागि दुई दिने तालिम

[sharethis-inline-buttons]

आज्ञा खबर
मलंगवा,
सर्लाही सदरमुकाम मलंगवामा जिल्लाभित्रका पत्रकारका लागि क्षमता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम मंगलवारबाट सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सुनौलो सिसौट नेपाल नामक संस्थासँग समन्वय गरी जिल्लाको सदरमुकाम मलंगवामा तालिमको आयोजना गरेको हो । सर्लाही जिल्लाभित्र सक्रिय पत्रकारिता गरिरहेका पत्रकारलाई वर्तमान अवस्थामा समाचारमा उठान गर्नुपर्ने विषय वस्तुलाई विकसित प्रविधिको प्रयोग गरी के–कसरी बाहिर ल्याउने भनी तालिम दिईने नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए ।

तालिम बुधवारसम्म संचालन हुने छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...