आज्ञा खबर
जनकपुरधाम
धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा सोमबार साँझ तीन सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरपछी तिन बाल बालिकाको ज्यान गएको छ।
ज्यान जानेमा स्थानिय सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।विष सेवनबाट सुशिलकी ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर रहेको बताईएको छ ।
विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको हो बबिताले सोमबार साँझ तीनै सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । घटनाको
प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको बताउँदै थप अनुसन्धान भईरहेको जनाएको छ ।





































