जीवनराज दहाल
बर्दिवास,
महोत्तरीको बर्दिवासमा रहेको शिशिर घिमिरे स्मृति प्रतिष्ठानले शनिवार ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान एवम् पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिष्ठानका संरक्षक एबं बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ’अग्नि कवच’ को अध्यक्षता तथा महोत्तरी क्षेत्र नं. १ ’क’की मधेस प्रदेश संसद माननिय शारदादेबी थापाको प्रमुख आतिथ्यतामा राखिएको कार्यक्रममा प्रध्यापक डा. सुमन कर्माचार्यलाई रु. १५हजार ५सय ५५ रुपैयाँ राशीको शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ द्वारा सम्मान गरिएको हो ।
यसैगरी साहित्यकार शिशिर घिमिरे कोस्मृति सहितको सम्झनामा जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफले फरक शारीरिक क्षमता भएका दुई जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप जनही रु ५ हजार ५सय ५५ रुपैयाँका दरले पुरस्कार प्रदान गरेका छन । यसरी पुरस्कार पाउनेहरुमा जनता मावी बर्दिवास ३ गौरीडाँडाका कक्षा ८ मा अध्ययनरत छात्रा गरिमा परियार र जनता बहुमुखी क्याम्पस बर्दिवासमा चौथो वर्षमा अध्ययनरत छात्र दिनेश महतो रहेको बताईएको छ।

त्यसकासाथै साहित्य तथा शिक्षाप्रेमी मिना देवकोटाले हरेक बर्ष प्रदान गर्दे आएकी क्षात्रबृति पुरस्कार यस बर्ष जनता मावि बर्दिवासको कक्षा १० मा अध्ययनरत छात्रा सुस्मिता कट्वाललाई प्रदान गरेकी छिन। देवकोटालले रु २ हजार ५सय ५५ रुपैयाँ नगद स्वरुप छात्रवृत्ति प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, कोशी प्रदेश उदयपुर र बाग्मती प्रदेशको रामेछाप, सिन्धुली जिल्लाका साहित्यकारहरूको सहभागिता थियो ।





































