राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेशको अध्यक्षमा रुद्रसेन चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नव प्रतिभाको प्रोत्साहन भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन महोत्तरीको बर्दिवासमा बुधवार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका छन । सो अवरमा उनले देशको सांस्कृतिक पक्षको संवद्र्धनका लागि लोक सङ्गीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारलाई आग्रह गर्दै त्यसकालागी बर्दिवासको स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता क्षेत्रीले व्यक्त गरे।

हाल बर्दिवास नगरपालिकाले सबै भाषा र संस्कृती र कलालाई सम्मनजनक ब्यवहार गरीरहेको बताउँदै क्षेत्रीले नगरको श्रोत साधनले भ्याएअनुसार कला र संस्कृतीको बिकासकालागी बजेट समेत बिनियोजन गरीरहेको जनाए ।

लोक तथा दोहोरी क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै थुप्रै चुनौती आइरहेकाले कलाकारले त्यस्ता चुनौतीसँग सजग भएर अघि बढ्न जरुरी रहेको क्षेत्रीको भनाई रहेको छ ।
यसैक्रममा अधिवेशनको बन्दसत्रले संस्थाको आगामी तिनबर्ष कार्यकालकालागी नया कार्यसमिती सर्बसम्बत रुपमा चयन गरेको छ ।
जस्को अध्यक्षमा रुद्रसेन बिश्वकर्मा उपाध्यक्षमा ईन्द्र सिलवाल महिला उपाध्यक्षमा हेमकुमारी बराल(सुनिता) सचिबमा बिनोद ढुंगेल कोषाध्यक्षमा राधा गौतम सहसचिबमा बिकाश पाण्डे सदस्यमा रमा शर्मा ढकाल,आशा तालाङ्गे लगायतका रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेशका सचिब बिनोद ढुंगेलले जानकारी दिए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...