आज्ञा खबर
सिमरा
बारामा ट्रकको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ ।
ज्यान जानेमा जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया बस्ने कृष्णकुमार गुप्ताकी छोरी १८ महिनाकी आकृति कुमारीको शुक्रबार बिहान मृत्यु भएको हो ।
१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँमा गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





































