आज्ञा खबर
रौतहट
रौतहटको बलेरी जंगलमा एक महिलाको शव फेला परेको छ।
आठ दिनदेखि बेपत्ता रहेको उक्त महिलाको शव वृन्दावन नगरपालिका–१ स्थित बलेरी जंगलमा गाडिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए।
उनका अनुसार मृतक वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवी हुन्। उनी गत १४ गतेदेखि बेपत्ता थिइन्।
परिवारले प्रहरीमा बेपत्ता भएको उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। खोजीका क्रममा तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले जंगलमा गाडिएको अवस्थामा उनको शव फेला पारेको बताईएको छ।
घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुन सक्ने आशंका गरेको छ। सोही क्रममा घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





































