आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनमा सोमवार शारीरिक रुपमा फरक क्षमता भएका दुुई जनाले ह्वील चेयर पाएका छन् ।
हरिवन नगरपालिका–१० का जितबहादुर योन्जन र हरिवन ११ का शेष मुकन्दमले एक÷एक थान ह्वील चेयर पाएका हुँन । संगम बुक्स पब्लिकेशन, समाजसेवीहरु मनिष बराल, जयबहादुर गोले र तेजनारायण आले मगरको सहयोग तथा समन्वयमा उनिहरु दुबैजनालाई ह्वील चेयर प्रदान गरिएको हो ।उनिहरुकै सहयोगमा हरिवन र बागमतीका ८ जनालाई केहीदिन अघि ह्वील चेयर प्रदान गरिएको थियो ।





































