आज्ञा खबर
बारा
बाराको सिमराबाट शस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपाल प्रसाद गौतम रहेका छन् ।
हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ससशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरूको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोबाइल लगायतका सामानहरू समेत बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई लागूऔषध, गाडी लगायतका सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।





































