ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको विद्रोही समुह विजयी

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा कांग्रेस नेता शेखर कोइराला पक्षधर राजकुमार यादव विजयी भएका छन् ।

बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाको परिणाम अनुसार यादवले ११ सय १५ मत ल्याएर विजयी भएका हुँन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६ सय ५३ मत प्राप्त गरेका छन् भने समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२ मत प्राप्त गरेका छन् ।

स्ववियु सभापति पदमा कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेस पार्टीले नेविसंघको आधिकारिक उम्मेदवार नबनाएपछि उनले ‘नेपाल विद्यार्थी समूह’ नामक छुट्टै प्यानल बनाएर चुनाब लडेका थिए ।

अन्य पदहरूमा पनि यादव समूहको वर्चस्व रहेको छ । सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मत प्राप्त गर्दै विजयी भएकी छन् भने कोषाध्यक्षमा अंकित पटेल ८२२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै सदस्यमा यादव समूहबाटआयुष श्रीवास्तव, आयुष कुमार गुप्ता, अमित पटेल, श्याम कुमार महतो, नेहा पासवान, आशिक कुमार महतो, दिपिका भण्डारी विजयी भएका छन् भने सदस्यमा नेविसंघबाट उम्मेदवार बनेकी माला कुमारी शाह विजयी भएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...