शिवशंकर हत्या प्रकरणमा उनकी श्रीमती सिर्जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८,दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्यामा शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
डेढ महिनाअघि मात्रै मुम्बईबाट फर्किएका शिवशंकर केही दिनअघि महोत्तरीको पशुपतिनगरमा अवस्थित ससुराली पुग्दा सिर्जनासँग भनाभन भएको थियो ।
उक्त कुरा सिर्जनाले आफ्नो भिनाजुलाई भनेकी थिइन् । सिर्जनाको उनकै भिनाजु नाता पर्ने व्यक्तिसँग ‘सम्बन्ध’ रहेको
प्रहरी उच्च स्रोतको अनुसन्धानबाट खुलेको छ।
उनले भिनाजुलाई बताएपछी ‘भिनाजुले चिन्ता नगर, शिवशंकरबाट सधैंका लागि छुटकारा दिलाइदिन्छु भन्दै आश्वासन दिएका रहेछन् ।’

त्यतिबेला शिवशंकरमाथि पनि हातपात भएको थियो ।

ससुरालीमा आफूमाथि अपमान भएको बुझेर शिवशंकर घर फर्किएका थिए । केही दिनपछि सिर्जनाले माइतमा आफन्त बितेको (मरेको)ले जानुपर्छ भन्दै शिवशंकरलाई मनाउन थालिन् । तर, त्यसको पछाडि शिवशंकरको हत्याको योजना लुकेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सिर्जनाले धेरै जिद्दी गरेपछि गत बिहीबार शिवशंकर ससुराली जान तयार भए । उनी सिर्जना र १० महिनाका छोरालाई लिएर धनुषास्थित महेन्द्रनगरमा पुगे । महेन्द्रनगरमा उनीहरूलाई लिन दुईवटा मोटरसाइकल तयारी अवस्थामा थियो । एउटामा सिर्जना र छोरा चढे । अर्कोमा शिवशंकर चढे ।

प्रहरीका अनुसार शिवशंकरलाई मोटरसाइकलमा चढाउनुअघि नै हत्या योजना बनिसकेको देखिएको छ । सिर्जनालाई छोरासहित माइतीमा छाडेपछि त्यही समूहले शिवशंकरको हत्या गर्ने योजनाअनुसार महोत्तरीको गौशाला नगरपालिका– ८ सागरनाथ वनमा पु¥याएको आशंका प्रहरीको छ ।

धारिलो हतियार प्रहार गरी शिवशंकरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बिहीबार शिवशंकरको परिवारका सदस्य छोरा–बुहारी र नाति ससुराली पुगेको भन्दै ढुक्क भएर बसे । तर, एकाएक शुक्रबार साँझ ५ बजे सागरनाथस्थित रेल्वे ट्रयाकबाट सय मिटर पर शिवशंकरको शव क्षतविक्षत अवस्थामा भेटियो ।

नग्न अवस्थामा रहेको उनको शवको मुचुल्का गर्दा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको भेटिएको थियो । शव चिन्न नसकियोस् भनेर जलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।शिवशंकरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

प्रहरीले सिर्जनालाई पक्राउ गरे पनि हत्यामा संलग्न भनिएका अन्यको खोजी भइरहेको जनाएको छ ।

‘सिर्जनाको उनकै भिनाजुसँग अवैध सम्बन्ध रहेको र त्यो कुरा शिवशंकरले थाहा पाएपछि रिसइबी शुरू भई घटना हत्यासम्म पुगेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक अनुसन्धान अधिकृतले भने, ‘केहीलाई पक्राउ गर्न बाँकी छ । थप अनुसन्धान गर्दैर्छौं ।’प्रहरीले शिवशंकर चढेको मोटरसाइकल र चालकको पहिचान गरिसकेको छ ।

महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेलले शिवशंकरकी श्रीमती सिर्जनालाई नै केन्द्रमा राखेर अनुसन्धान भइरहेको बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...