जनकपुरका होटलमा बासी र म्याद गुज्रेका सामग्री फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार जनकपुरधामका १० वटा होटलको अनुगमन गरेकाा छन ।
जनकपुरधामका होटलहरूमा अखाद्यय तथा बासी सडेगलेको खाना पाइने गुनासो बढेपछि आइतबार साँझ म्ख्यमन्त्रीसहितको अनुगमन टोलीले जनकपुरका होटल तथा मिठाइ पसलको निरीक्षण गर्दै मापदण्ड विपरीत रहेका खाद्य सामग्री जफत गरेर नष्ट गरेको हो।

अनुगमन टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरू सहभागी थिए । अनुगमन टोलीले होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको निरीक्षण गरेको थियो ।

मुख्यमन्त्री सिंहले अनुगमन अभियानलाई निरन्तरता दिने बताउँदै उपभोक्ताको स्वास्थ्य र अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाए जनकपुरको होटल तथा मिठाइ पसलहरूलाई सफा र मापदण्डअनुरूप खाना उत्पादन तथा वितरण गर्न समेत उनले निर्देशन दिए ।

अनुगमन टोलीले जनकपुरको हंसराज स्विटबाट ११ प्याकेट म्याद गुज्रिएको मःम, न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी, कीरा परेको दाल र खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको १० किलो मैदा बरामद गरी नष्ट गरेको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...