आज्ञा खबर
सर्लाही
नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको अध्यक्ष पदमा नागेन्द्रप्रसाद चौधरी बिजयी भएका छन ।
रेडक्रस सर्लाहीको नेतृत्व छान्न शनिवार सदरमुकाम मलंगवामा भएको मतदान पछी साँझ सकिएको मतगणना अनुसार ४ पदाधिकारी सहित १० सदस्य चौधरीकै प्यानलबाट निर्वाचित भएका हुँन ।
चौधरीले १२० मत ल्याई पुनःसभापति पदकालागी चुनिएका छन् । चौधरीका निकटतम प्रतिद्वन्दि हरिकान्तलाल कर्णले भने ३६ मत प्राप्त गरे ।
उपसभापतिमा शेख साहदुल्लाह ९० मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिद्वन्द्वि विश्वनाथ ठाकुरले ७० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा शम्भुुनारायणप्रसाद कुशवाहा ८९ मत प्राप्त गरी बिजयी हुँदा प्रतिस्पर्धी उमेश मिश्रको पक्षमा ६९ मत खसेको मतगणनामा देखियो ।
उपमन्त्रीमा रिखेश्वर शर्मा ९० मत प्राप्त गरी निर्वाचित हुँदा उनले पराजित गरेका मुकेशकुमार मिश्रले ५७ मत प्राप्त गरेका छन् । यस्तै रेडक्रस जिल्ला शाखाको ३ जना महिला सदस्यमा १०६ मतसहित सन्दिपा जैसवाल, ९८ मतसहित रमा चालिसे र ९३ मतसहित प्रमिला देवी चयन भएका छन् ।
त्यसैगरी ७ जना खुल्ला सदस्यमा ११५ मतसहित उत्तमराज शर्मा, १११ मतसहित पिताम्बर महतो, १११ मतसहित इन्द्रकान्त राय यादव, ११० मतसहित योगेन्द्रकुमार साह, १०९ मतसहित सत्यनारायण राय, १०७ मतसहित गोविन्द पासवान र १०७ मत प्राप्त गरी कोमल मैनाली निर्वाचित भएका छन् ।
रेडक्रसको शुक्रबार उद्घाटन भएको ४४ औँ जिल्ला सभामा नयाँ नेतृत्व चयनका लागि सहमती जुट्न नसकेपछि शनिवार मतदान भएको थियो । जिल्लाका विभिन्न २५ उपशाखा, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, मनोनित सदस्यलगायतले मतदान गरेर नेतृत्व चयन गरेका हुन् ।
रेडक्रस सर्लाहीको महिला उपाध्यक्षमा भवानी कोइराला, मन्त्रीमा शशीभुुषण सिंह (राजन) र उप–कोषाध्यक्षमा मधु राय भने शुक्रबार नै निर्विरोध निर्वाचित भएका थिए ।
