आज्ञा खबर
बर्दिवास
शिक्षाको गुणस्तरलाई स्पात जस्तै बलियो बनाएर लैजान प्रयासरत रहेको बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताएका छन । बिहिवार महोत्तरीको बर्दिवासमा बर्दिवास जनता बहुमुखी क्याम्पसले राखेको रक्तदान कार्यक्रमको उद्घाटन सभालाई सम्बोधनगर्दै उनले स्वास्थ्य मानिसको सबैभन्दा ठुलो धन भएको बताए ।
उनले भने, बिद्यार्थी भाईबहिनीहरुले सबैभन्दा ठुलो धन,जिबन जोगाउन रक्तदान गरीरहनु भएको छ । म,यो सामाजिक सतकर्मलाई स्वागत गर्दछु । आज तपाँईहरुले गरेको यो योगदानको बर्दिवास नगरपालिकाले उच्च मुल्याङ्कनगर्ने छ । त्यसकोलागी नगरपालिकाले क्याम्पसमा बिषयगत शिक्षकको आवश्यकता पुर्तीगर्न नगरको बजेटवाट शिक्षक भर्ना तथा अध्यापनकालागी रकम उपल्ब्द गराईएको छ 
बर्दिवास नगरभित्रका यस क्याम्पसमा अध्यनरत कुनैपनि बिद्यार्थी उच्च शिक्षाबाट बन्चित नहँुन भन्ने उदेश्यले बिपन्न,तथा न्युन आयश्रोत भएका नागरिकका छोराछोरीलाई समेत उच्च शिक्षामा पहुँच पुर्याउन मेरो कार्यकालभित्र हदै सम्मको प्रयास गर्ने छु,भन्दै तपाँईहरु समक्ष प्रतिबद्धता ब्यक्त गर्दछु । मेयर क्षेत्रीले जहा बिपद त्याहा रेडक्रस भन्दै बर्दिवासको हरेक बिपदमा नेपाल रेडक्रस सोसाईटी साथी बन्दै सेवाकालागी तत्पर रहेको जनाए । क्षेत्रीले जनता बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले रक्तदान गरेर बर्दिवासको सामाजिक बिकासको जगमा ईटा थप्ने कार्य गरेकोमा सम्पुर्ण क्याम्पस परिवारलाई धन्यवाद दिए ।
उद्घाटनकै क्रममा मेयर क्षेत्रीले नेपाल रेडक्रस सोसाईटी,रक्त सञ्चार केन्द्र बर्दिवासको दान पेटिकामा रु ५ हजार नगद खसालेर सहयोग गरेको सोसाईटीका अध्यक्ष भुबन खड्काले बताए ।
यसैक्रममा जनता बहुमुखी क्याम्पसको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी,रक्त सञ्चार केन्द्र बर्दिवासको प्राबिधिक सहयोगमा बिहिवार रक्तदान गरीएको छ ।
क्याम्पसको प्राङ्गणमा एक विषेश कार्यक्रमको आयोजनागरी रक्तदान कार्यक्रम गरीएको हो ।
क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर हमालको अध्यक्षतामा भएको रक्तदानमा क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष ,शिक्षक,बिद्यार्थी र स्थानिय गरेर ४५ जनाले रक्तदान गरेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य चेत बहादुर खड्का(सितारम)ले जानकारी दिए ।
