सर्लाहीबाट एक क्विन्टल भन्दा बढी लागु औषध गाँजा बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
प्रहरीले आईतवार राती सर्लाहीबाट एक क्विन्टल भन्दा बढी लागु औषध गाँजा बरामद गरेको छ।
प्रहरीको लागु औषध व्युरो,शाखा कार्यालय बर्दिबासको टोलीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.१५ स्थित कालिन्जोर खोला किनारको उत्तर पट्टिको कासघाँरीबाट १ सय १० किलो अवैध गाँजा बरामद गरेको हो।

गाँजा बिक्री वितरण गर्ने अभिप्रायले लुकाई छिपाई राखेको छ,भन्ने विशेष सुचनाको आधारमा लागु औषध ब्युरो बर्दिवास शाखाबाट प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीको कमाण्डमा खटेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रातो रंगको प्लाष्टिकले बेरेर प्लाष्टिकको डोरीले बाधी राखेको ५÷५ के.जी.कोे २२ वटा पोकाहरू फेला पारेको लागु औषध व्युरो, शाखा कार्यालय बर्दिबासका प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीले जानकारी दिए ।

खोज तलासकै क्रममा उक्त स्थानमा प्रहरी टोली पुगेपछी प्रहरीलाई देख्नासाथ गाँजा किनबेच गर्ने समुह भागेको बताईएको छ ।
फेला परेको गाँजा स्थानिय जनप्रतिनिधीहरुको रोहबरोहमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाईएको र

ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास गर्दै घटनाको थप अनुसन्धान जारी रहेको लागु औषध व्युरो,शाखा कार्यालय बर्दिबासले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...