स्रोत नखुलेको १० लाखसहित दुई जना बाराबाट पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बाराप्रहरीले स्रोत नखुलेको नगद १० लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारु र वीरगन्ज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म।प्र.०३–००१ च ८०७३ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।

जीतपुर सिमरा उपमहानगरपालिका(१६ पैनी टोलस्थित सडकमा पिकअप गाडी रोकेर तलासी लिँदा उनीहरूको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। रकमको बिषयमा प्रहरीले अनुसन्धान गरीरहेको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...