श्रमजीवी पत्रकार संघ नेपाल सर्लाहीमा गठन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा श्रमजीवी पत्रकार संघ नेपालको जिल्ला कमिटी गठन भएको छ।श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि सक्रिय रहेको यस संघको मलंगवामा भएको भेलाबाट जिल्लाभरीका श्रमजीवी पत्रकारहरुको सहमतीमा पत्रकार अनवर अहमदको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको उपस्थितिमा सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष ,महिला उपाध्यक्ष ,सचिव ,सहसचिव र कोषाध्यक्षमा क्रमशस् मनोज यादव९ख०,अजिता चौधरी ,सुमित महतो,राजिव साह,लक्षमण यादव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अरोज यादव,राधेश्याम कुशवाहा,सुभाष मण्डल ,अवरार अहमद र विवेक यादव चयन भएको संघले जनाएको छ। कार्यक्रममा उपस्थित केन्द्रीय अध्यक्ष जैसीले पत्रकारिताको व्यावसायिकता र श्रमजीवी पत्रकारहरूको हकअधिकार सुनिश्चित गर्न संघको भूमिका महत्त्वपूर्ण हुने बताए । साथै उनले जिल्ला कमिटीलाई ऐक्यबद्धताका साथ अघि बढ्न समेत आग्रह गरे।

नवगठित कमिटीले सर्लाहीका पत्रकारहरूको पेशागत विकास, सुरक्षा, र अधिकार स्थापनामा काम गर्ने योजना बनाएको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...