आज्ञा खबर
सप्तरी
साइकलमा कलेज जाँदै गरेकी एक किशोरीमाथी बुधबार बिहान सप्तरीमा जबरजस्ति करणी गरीएको छ।
जिल्लाको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी सहायक नहरको दक्षिणी क्षेत्र डिलस्थित स्थानमा १५ वर्षीय किशोरीमाथि करणी को घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मझाउ टोलबाट पूर्व साइफन पुल नजिकैको एकान्त स्थानमा जिल्लाकै अकलेश कुमार मण्डलले ति युवतीलाई रोक्ने प्रयास गरेका थिए । आरोपीले किशोरीलाई जबरजस्ती करणी गर्ने सिलशिलामा युवतीले प्रतिकार गर्न खोज्दा उनको बायाँ हात भाँचिए पछी जबरजस्ती गरेको प्रहरीले जनाएको छ ।
घटना भएको केही समयपछि, इलाका प्रहरी कार्यालय विष्णुपुरले आरोपीलाई नियन्त्रणमा लिएर
अदालतमा पेस गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाउँदै पिडितको स्वास्थ्य परीक्षणसमेत गराएको छ भने घटनाबारे थप अनुसन्धानको साथै प्रमाण जुटाउने काम समेत गरिरहेको जनाएको छ ।
