आज्ञा खबर
बीरगंज
वीरगञ्जमा स्कुल बसको ठक्करबाट मंगलबार एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुन्ेमा बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारी रहेको पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले जानकारी दिए ।
वीरगञ्ज महानगरस्थित बाइपासमा तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको स्कुल बसले साइकल यात्री अन्सारीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीरगंज स्थित नारायणी अस्पतालमा पु¥याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र ठक्कर दिने बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दियो ।





































