सर्बदलिय बैठकले बर्दिवासको बिकासमा बिशेष महत्व राख्छ : निबर्तमान राज्यमन्त्री थापा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशकी निबर्तमान गृह सञ्चार तथा कानुन राज्य मन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ क की प्रदेश संसद शारदादेबी थापाले बर्दिवास नगरपालिकाको सर्बदलिय बैठकले यहाँको बिकासमा बिशेष महत्व राख्ने बताएकी छिन । महोत्तरीको बर्दिवासमा शनिवार नगरपालिकाले राखेको सर्बदलिय बैठक,छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुँन ।

उनले आपसी संवाद, सहकार्य र एकतानै बर्दिवासको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गरिन्।

‘हाम्रो नगर र यहाँ भित्र रहेको समाज शालीन, सभ्य र सहिषुर्ण रहेको छ । जस्को फलस्वरुप यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ,यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’
बर्दिवासको बिकासकालागी यहाँका राजनीतिक दलहरुले अभूतपूर्ण एकता प्रदर्शन गरेको भन्दै उनले यो संस्कारको ज्वलन्त उदाहरण ईतिहास र बर्तामान समेत भएकाले सम्पुर्ण राजनितिक दललाई धन्यवाद दिइन् । बैठकलाई सम्बोधनगर्ने क्रममा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास बासीको सहमती र सहकार्यले नै बिकास सम्भब भएकाले यहाँको बिकासमा सबैले आफ्नोपन देखाउनुपर्नेमा जोड दिए ।

उनले बर्दिवास नगरभित्र पर्यटकिय गन्तब्यको बिकासगर्दै लगिने उदेश्यले राम जानकी फनपार्कको योजना ल्याईएको बताए । रातुनदीको उकास जग्गालाई सदुपयोगगर्दै बर्दिवासको चिनारी स्थापितगर्न समेत पार्क आवश्यक रहेको मेयर क्षेत्रीको भनाई छ । उनले भने, फनपार्क निर्माणकालागी यो बर्ष प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ ,तर पार्क निर्माणको क्रममा जग्गामा केही समस्या देखिएका छन । पार्क निर्माण स्थल (डि.पि.आर) कै बिचमा केहि नम्मरी जग्गाहरु छन जस्को उचित मुआब्जा दिएर नगरपालिकाले काम अघि बढाउन चाहेको हो । हामी निर्वाचित भएयता नगरपालिकाले नगर बिकासको कामलाई मुख्य प्रथमिकतामा राखेर अघि बढेको छ, बिगतको नगर सरकारको पाँच बर्षे कार्यकाललाई नियालेर हेर्दा वहाहरुको भन्दा हाम्रो दुई बर्षे कार्यकालमा शिक्षा,स्वास्थ्य ,रोजगार आय,आर्जन कृषि, खेलकुद,बिपद ब्यवस्थापन पुर्वाधार निर्माण लगायतका क्षेत्रमा उल्लेखनिय काम भएको छ,जस्को तथ्याङ्क सहितको नतिजा देखिएको छ ।

बैठकमा स्वागत मन्तब्य राख्दै नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले राजनितिक दलले समाज बिकासको क्रममा सिकेका ज्ञान सिप,योग्यता क्षमतालाई नगरबिकासमा उपयोग गर्न सर्बदलिय बैठक बोलाईएको बताए । उनले नगरबिकास भनेकै सामुहिकतामा हुने भएकाले यसमा सम्पुर्ण राजनितिक दल र आम नागरिकलाई सहभागी गराएर हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । अधिकारीले सबैको सहमती र सहकार्यले गरिएको बिकासमा सबै सझेदार हुँने भएकाले यस्तो बिकासमा कुनै एक ब्यक्ति वा एउटा दलले मात्रै अपनत्व लिन नसक्ने उल्लेख गरे ।

बर्दिवास नगरपालिकाको बृहत्तर तथा सर्वाङ्गिन बिकासकालागी सहकार्यगर्न नगरपालिकाले बोलाएको सर्बदलिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगर क्षेत्र भित्रका राजनितिक दलका प्रतिनिधि संघ संस्थाका प्रतिनिधी नागरिक समाज लगायतको सहभागिता रहेको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बर्दिवास मेडिकल कलेजको निर्माणमा देखिएको कानुनी अर्चण,नगरको शिक्षा,स्वास्थ्य कृषी पुर्वाधार बिकास,रामजानकी फनपार्कको आवश्यकता र महत्व नगरभित्रका प्राकृतिक श्रोत,साधनको उपयोग लगायतका बिषयमा छलफल गरीएको बर्दिवास नगरपालिका भुमि शाखाका संयोजक तथा सो कार्यक्रमका सञ्चालक पबन कुमार कार्कीले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...