भूकम्प सुरक्षाकालागी बर्दिवासमा विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्य अभ्यास

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
सशस्त्र प्रहरीले महोत्तरीको बर्दिवासमा २७ औं भूकम्प सुरक्षा दिवसको दिनको स्मरणमा विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्यको नमुना कृत्रिम अभ्यास प्रदर्शन गरेको छ ।
बर्दिवास नगरपालिका–४ स्थित कामीडाँडा माध्यमिक विद्यालयको प्रांगणमा देखाइएको विपद् व्यवस्थापन अभ्यासमा भूकम्प पश्चात् तालिम प्राप्त सुरक्षाकर्मीहरुले छिटो,छरितो उद्धार कार्य कसरी गर्न सकिन्छ भन्ने देखाएको छ ।
विपद् व्यवस्थापन अभ्यास कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका गृह, सञ्चार र तथा कानुनमन्त्री राजकुमार लेखीले विपत् पूर्वतयारीका लागि यस्ता अभ्यास आममानिसलाई देखाउन र सिकाउन सुरक्षाकर्मीलाई समेत सक्षम बनाउन जरुरी रहेको बताए । उनले विपत् व्यवस्थापनसम्बन्धी सशस्त्र प्रहरीले गरेको नमुना अभ्यास निकै महत्वपूर्ण रहेको भन्दै यसले बिपदमा भैपरीआउने दुर्घटनालाई न्युनिकरणगर्न ठुलो मद्दत पुग्ने जनाए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नं. ३९ रिजर्भ गण हे.क्वा. महोत्तरीको संयुक्त आयोजनामा कार्यक्रम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...