आञा खबर
जनकपुरधाम
मधेस प्रदेश सरकारले शहीद स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पुस ९ गतेदेखि बीमा कार्यक्रम लागू भएको जानकारी बुधबार पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
मधेस सरकारले सहिद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्री लेखीले जानकारी दिए ।
मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।
सरकारले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको समेत जनाएको छ।
यो कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार गर्नेछ ।





































