जाडो बढेपछि बर्दिवासका विद्यालय बन्दका साथै टोलटोलमा दाउरा बितरण

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बिगत केही दिनदेखि मधेश प्रदेशमा अत्यधिक जाडो बढेपछि बर्दिवासका विद्यालय पाँच दिनकालागी बन्द हुँने भएका छन्। अहिले चिसोले बर्दिवासका नागरिकको जनजीवन प्रभावित बनेको छ। केही दिनयता पारिलो घाम नलागेका र दिन बिराएरै शितलहर चलेका कारण यहाँको जनजिबनमा थप समस्या भएको हो । जाडोले खासगरी विपन्न तथा गरिब परिवार बढी प्रभावित भएका छन्।

यसैक्रममा बर्दिवास क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीको बिशेश पहलमा नगरपालिकाको वडा नम्बर १,२,१३ र १४ को चोकचोकमा बुधवारदेखी आगो ताप्ने व्यवस्था मिलाईएको होे ।

तराई क्षेत्रमा विगत केही दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नगरपालिकाले नगर प्रहरीको सहयोगमा नगरक्षेत्रको रूखका जरा उखेलेर र काटेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताईएको छ ।

चिसो र शितलहर अझ केहि दिनसम्म चलेमा नगरपालिकाले सामुदायिक वनसँग दाउरा मागेर नगरपालिकाको बजार क्षेत्र र अन्य केही टोलमा आगो ताप्ने व्यवस्था मिलाईने नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए ।उनले भने, शितलहर अझै केहिदिन चलेमा नगरबासीलाई थप आगो ताप्ने व्यवस्था मिलाउँछौँ यस्कालागी बन संग दाउरा मागेका छौ,अहिले रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।”नगरपालिकाले चोकचोकमा आगो बालेर बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीयहरु बताउँछन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...